भारतीय नेपाली साहित्यका शताब्दि पुरुषको निधन, रहेनन् हायमनदास राई किराँत

झापा– भारतीय मूलका नेपाली भाषी साहित्यकार हायमनदास राई किराँतको निधन भएको छ। आइतबार राति उनको निधन भएको बताइएको छ। पश्चिम बंगालको गोरुबथान निवासी राईलाई भारतीय नेपाली साहित्यप्रेमीहरुले नेपाली साहित्यका ‘श्रीपेच’ भनेर संज्ञा दिने गरेका छन्।

१०१ वर्षीय किराँत बिगत केही दिनदेखी अस्वस्थ रहेका थिए। भारतीय नेपाली साहितयको एउटा कालखण्ड समाप्त भएको गोरुबथानका एकजना पत्रकार रुस्तम शर्माले बताए।

भारतमा रहेर नेपाली वाङमयको उन्नतिका लागि महत्वपूर्ण भूमिका खेलेका साहित्कार राई शताब्दि पुरुषका रुपमा मानिन्छन्।

नेपाली साहित्यको उत्थानका लागि जीवन समर्पण गरेका उनी विक्रम संवत १९७५ साल माघ २८ गते भारतको गोरुबथानमा जन्मिएका हुन्।

नेपाली वाङमयका थुप्रै ठूला साहित्यकारसँगको उठबसले लेखनलाई थप प्रेरणा दिएको उनले बताउँदै आएका थिए।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्