बार्सिलोनाका ग्रिजम्यानले भने–एथ्लेटिको मड्रिडको टिप्पणी ‘दया’ लाग्दो

स्पेनिस ला लिगा जाइन्ट बार्सिलोनाका नयाँ खेलाडी एन्टोनी ग्रिजम्यानले आफ्नो ट्रान्सफरलाई लिएर पूर्व क्लब एथ्लेटिको मड्रिडले व्यक्त गरेको आक्रोश ‘दया लाग्दो’ व्यवहार रहेको बताएका छन् ।

फ्रान्सेली खेलाडी ग्रिजम्यान यो हप्ता एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका हुन् । एथ्लेटिको मड्रिडजलाई १२० मिलियन युरो तिरेर बार्सिलोनाले ग्रिजम्यानलाई भित्र्याएको हो ।

एथ्लेटिको मड्रिडले बार्सिलोनामा उनको अनुबन्धनलाई लिएर असन्तुष्टि जनाएको छ । उनले ग्रिजम्यानका लागि तिरिएको रकम कम भएको उल्लेख गरेको छ ।

जुलाईको सुरुमा ग्रिजम्यानको बाइआउट क्लब २०० मिलियनबाट १२० मिलियन युरोमा खसाल्नु भन्दा पहिलेदेखि नै बार्सिलोना र ग्रिजम्यानबिच अनुबन्धलाई लिएर कुराकानी भएको जनाइएको छ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्