चीनको आर्थिक वृद्धिदर सन् १९९० को दशक यताकै कम

चीनको आर्थिक वृद्धिदर सन् १९९० को दशक यताकै सुस्त गतिमा रहेको सरकारी तथ्यांकले देखाएको छ । यो वर्षको दोस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

जुनको अन्त्यसम्मको तथ्यांक अनुसारको यो वृद्धिदर सन् १९९० को दशकको सुरुवाति चरण यताकै सबैभन्दा कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले अर्थव्यवस्था राम्रो बनाउनका लागि यो वर्ष खर्च बढाउने र कर कट्टीको सुविधा दिने नीति लिएको छ । हाल अमेरिका र चीनबिच ‘व्यापार युद्ध’ को अवस्था छ । यो वर्षको पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्