पिसाब गर्न जाँदा एकजनालाई खाेलाले बगायाे

वीरगञ्ज – पिसाब गर्न जाँदा खोलाले बगाएर वीरगञ्जमा एकजना बेपता भएका छन् । पिसाब गर्न जाँदा खोलाले बगाउँदा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने ५० वर्षे दुर्गा साह बेपत्ता भएका हुन् ।

आइतबार राति पिसाब गर्न भन्दै घरबाट निस्किएका साह खुट्टा चिप्लिएर सिर्सिया खोलामा खसेका थिए । खोलामा आएको बाढीले बगाएर बेपत्ता साहको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अनन्तरामा शर्माले जानकारी दिए ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्