कंगना रनौतले पत्रकार विरुद्ध सुरु गरिन् कानूनी प्रक्रिया

अभिनेत्री कंगना रनाैतले कार्यक्रम बहिस्कार गरेपछि पत्रकार संगठनलाई कानूनी प्रक्रियाका लागि पत्र पठाएकी छन्।
उनले इन्टरटेनमेन्ट जर्नालिस्ट गिउल्ड अफ इन्डिया र प्रेस क्लब अफ इन्डियाले पिटीआइका पत्रकार जस्टिन रावको पक्ष लिएको भन्दै पूर्जी पठाएकी हुन्।
यी दुई संगठनका सबै मनोरञ्जन पत्रकारले चलचित्र ‘जजमेन्टल हे क्या’ को प्रमोशन कार्यक्रममा नजाने निर्णयसहितको सूचना सार्वजनिक गरेको थियो।
पत्रकार संगठनले कंगनाको विरुद्धमा यस्तो सूचना सार्वजनिक गरेपछि कंगनाले संगठन विरुद्ध नै कानूनी प्रक्रिया सुरु गरेकी हुन्। कंगनाले पठाएको पत्रमा बेइज्जत गर्ने गैर जिम्मेवार पत्रकारलाई समर्थन गरेको विवरण उल्लेख गरिएको छ।