खोलाले बगाएर बेपता भएका साह मृत अवस्थामा भेटिए

काठमाडौँ-खोलाले बगाएर बेपता भएका वीरगञ्‍जका दुर्गा साहको सोमबार बिहान मृत अवस्थामा शव भेटिएको छ।

खोलाले बगाएर बेपता भएका बिरगञ्जज महानगरपालिका-१ छ्पकैया निवासी ५० वर्षीय दुर्गा साह तुराहाको खोजतलाश गर्नेक्रममा सोमबार बिहान ११ बजे मृत अवस्थामा शव भेटिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक जिवल मल्ले जानकारी दिए।

गएराति घरबाट पिसाब फेर्न गएका बेला तुराहा चिप्लिएर सिर्सिया नदीको बाढीमा खस्दा बेपता भएका थिए। सशस्त्र प्रहरी निरीक्षक मल्ल नेतृत्वको प्रहरी टोली खोजतलाश गर्ने क्रममा साहको शव भेटिएको हो।

मृतक साहको शवलाइ पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। योसँगै पर्सामा बाढीबाट मृत्यु हुनेको सँख्या ३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यसअघि सेल्फी खिच्नेक्रममा बाढीले बगाएर बेपता भएका बिरगञ्ज महानगरपालिका वडानम्बर-१८ भवानीपुर घर भइ हाल वडा नम्बर १३ तेजारथ टोलमा डेरा बस्दै आएका रामनारायण पटेलका-१५ वर्षीय छोरा अनुज पटेलको आइतबार पविहान मृत अवस्थामा शव भेटिएको थियो।

शनिबार वीरगञ्‍जको र्सिसिया नदीमा आएको बाढी हेर्न गएका बालक पटेललाइ बाढीले बबगाउदा उनी बेपता भएका थिए।

यस्तै गत शुक्रबार पर्सागढी नगरपालिकामा रहेको सिङयाही खोलामा आएको बाढीले बगाउदा वडा नम्बर-१ बस्‍ने मेघराज पटेलको-१२ वर्षीय छोरा निखिल पटेलको ज्यान गएको थियो।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्