खोलामा डुबेर बालकको ज्यान गयो

फाइल तस्बिर

झापा- फुलवासा खोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका १२ स्थित माता पाथिभरा टोल बस्ने गङ्गाराम प्रसाईँको ३ वर्षीय छोरा अजित रहेको प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान ७ बजे बाबु गङ्गाराम धानको बीउ काट्न घरदेखि पूर्वपट्टी फुलवासा खोला तरेर खेतमा गएको बेला उनलाई पछ्याउँदै गएका उनका छोरा अजितको त्यही खोलामा डुबेर मृत्यु भएको हो।

झापामा पाँचदिनदेखि अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

शिवसताक्षि ५ सालमारा ९ वर्षीय सौगात चापागाईँ र दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा बगाउँदा मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी सङ्खुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको शुक्रवार मृत्यु भएको हो।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्