उदित नारायण झाले गाए ‘तिम्रो नाम मदहोस श्री हजूर’

काठमाडौँ-  एकताका नेपाली गीत-संगीतमा चर्चित रहेका  गायक उदित नारायण झाले मुम्बइमा नेपाली भजन रेकर्ड गराएका छन्। उनको भजनको बोल, ‘तिम्रो नाम मदहोस श्री हजूर’ रहेको छ।

विजय गौतमको शब्दमा उदित नारायणले स्वर भरेका हुन्। यो गीतको संगीत पनि लेखक गौतमले नै गरेका हुन्। यो गीतलाई विजयले नै सम्पादन गरेका हुन्। गीतलाई गोपाल सराइलीले एरेञ्ज गरेका हुन्।

झाले लामो समयपछि गीत गाएका हुन्। यो भजनलाई कृष्ण स्टुडियो मुम्बईमा रेकर्ड गरिएको हो।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्