लहानमा नहर फुटेर मुसहर बस्तीमा छिर्‍यो, सशस्त्रद्वारा १५० जनाको उद्दार

नहरमा जम्‍मा भएको पानी फुटेपछि लहान नगरपालिका-१ मिलन चोकस्थित मुसहर बस्तीबाट स्थानीयहरुलाइ उद्धार गर्दै सशस्त्र प्रहरी। तस्बिर- यामकुमार कार्कीको सहयोगमा

सिरहा- निरन्तरको वर्षाले नहरमा जम्‍मा भएको पानी फुटेपछि लहान नगरपालिका-१ मिलन चोकस्थित मुसहर बस्ती डुबानमा परेको छ।

बस्तीमा पानी पसेपछि त्‍यहाका स्थानीहरुहरुलाइ सशस्त्र प्रहरी बल लहानका डिएसपी प्रेम बहादुर रावल नेतृत्वको टोलीले उद्धार गरेको छ। डिएसपी रावलका अनुसार मुसहर बस्ती ३६ परिवारका १५० जनाको उद्दार गरिएको हो।

उनीहरुले बिहान ६ बजेदेखि ९ बजेसम्‍म बस्तीका स्थानीयहरुलाइ उद्दार गरेका थिए। उद्धारपछि उनीहरुलाइ त्‍यहास्थित आधारभूर प्राथमिक विद्यालय मटेर्वावा राखिएको छ भने उनीहरुलाइ तत्काल राहत स्वरुप चाउचाउ, भुजिया, मिनरल वाटर र कपडाहरु दिइएको छ।

देशभर बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म ६७ जना पुगेको छ।  मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ।

यस्तै नेपाल प्रहरीका अनुसार बाढी पहिरोबाट घाइते हुनेहरुमा ४३ जना (२० जना महिला र २३ जना पुरुष), ३० जना बेपत्ता भएका छन् भने १४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्