अजोड इन्स्योरेन्सको पहिलो वार्षिक साधारण सभा

काठमाडौँ–अजोड इन्स्योरेन्स लिमिटेडले पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सोमबार राजधानीमा एक कार्यक्रमगरी नेपाली बीमा बजारमा निर्जीवन बीमाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यका पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

कम्पनीले कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दाबी भुक्तानी प्रक्रियालाई छिटो, चुस्त र पारदर्शी बनाउने उद्देश्यले कम्पनीले फस्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरि दुई लाख सम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ।

पहिलो वार्षिक साधारण सभाका अवसरमा कम्पनीले गत आर्थिक वर्ष २०६४ र ०६५ देखि आर्थिक वर्ष २०७३ र ०७४ सम्मको विवरण पारित गरेको छ।

यस्तै सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०७४ र ०७५ को वार्षिक प्रतिवेदन पारित, एनएफआरएस आर्थिक वर्ष २०७४ र०७५ को वित्तीय विवरण तथा लेखा परिक्षण प्रतिवेदन पारित, सञ्चालक समितिको सिफारिस बमोजिम बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक पारित र सर्वसाधारणका लागि शेयर निस्काशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने कम्पनीले निर्णय गरेको छ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्