सामुदायिक वन क्षेत्रबाटै सालको गोलीया चोरी

दाङ-दाङको एक सामुदायिक वनमा घाट गद्दी गरिएको स्थलबाट सालको काठ चोरी भएको छ। काठ हेर्न चौकिदार राखिएको भए पनि रातिको समयमा घाट गद्दी गरिएको साल काठ चोरी भएको हो। तर, कस्ले काठ चोरी गरेको हो भन्‍ने बारेमा केही खुलेको छैन।

लमही नगरपालिका वडा नम्बर ७ स्थित कर्रि सामुदायिक वन उपभोक्ता समूह भित्र घाटगद्दी गरिएको स्थलबाट काठ चोरी भएको सामुदायिक वन समुहका अध्यक्ष किशोर घर्तिले जानकारी दिए।

काठ चोरी भएको बिषयमा वन डिभिजन कार्यालय लमहीमा जानकारी गराइएको छ। काठ कति चोरी भएको हो भन्‍ने बारेमा एकिन भएको छैन।२०८ क्युफिट काठको चांगबाट सालको गोलिया चोरी भएको हो।

चोरी भएको काठ जिल्ला वन कार्यालय दाङ्गको आपूर्ति समितिलाई आर्थिक वर्ष २०७३/७४ मा छुट्याइएको थियो। आपूर्ति समितिले बिक्रि गर्न नसकेको काठ पुन: वन समूहलाइ फिर्ता एपछि समूहले उपभोक्तालाई बितरण गर्ने निर्णय गरेको थियो।

आर्थिक बर्ष २०७५/७६ को कटान काठ सँगै बितरण गर्ने निर्णय गरिएको उक्त काठ घाटगद्दी बाटै चोरी भएपछि बनघुस्रीमा खैलाबैला मच्चिएको छ। अहिले उक्त वनमा बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागू भएको छ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू