एभर्टन गए म्यानचेस्टर सिटीका फाबिएन डेल्फ

इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीका फाबिएन डेल्फ एभर्टन गएका छन् । एभर्टनसँग उनले तीन वर्षको सम्झौता गरेका हुन् । २९ वर्षका डेल्फको म्यानचेस्टर सिटीसँगको सम्झौता अझै एक वर्ष बाँकी थियो ।

एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट २० खेल खेलेका छन् । उनले विश्वकप र हालैको युइएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका थिए ।

डेल्फले सिटीबाट २२ खेल खेलेका थिए । तर एथ्लेटिको मड्रिडले रोड्रीलाई क्लबको कीर्तिमानी मूल्य ६० मिलियन पाउण्डमा भित्र्याएपछि सिटीमा डेल्फको सम्भावना कम भएको थियो ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्