मनसुनी गतिविधि कमजोर हुँदै, केही क्षेत्रमा मात्रै ठूलो पानी पर्ने

काठमाडौँ – मनसुनी गतिविधि कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही तल रहेकाले मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको मौसमविदले बताएका छन् ।

हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ । पश्चिमका थोरै र मध्य तथा पूर्वका केही स्थानमा मनसुनी वर्षा भइरहेको जनाइएको छ ।

मंगलबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

रातिको देशभर सामान्य बदली हुने सम्भावना छ । केही दिनदेखि जारी रहेको वर्षा अब कम हुँदै जाने र मौसममा केही सुधार आउने मौसमविदले बताएका छन् ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्