‘बोटल कप च्यालेञ्ज’ को विषयमा ट्रोल भए सलमान, धार्मिक मान्यताको विषयमा सवाल उठे

भारतका सामाजिक सञ्जाल प्रयोगकर्ता बिचमा हिजोआज ‘बोटल क्याप च्यालेञ्ज’ चलिरहेको छ। यसमा बलिउडका कलाकारहरु पनि पछि परेका छैनन्। रणवीर देखि सलमान खान फरक फरक तरिकाले ‘बोटल क्याप च्यालेञ्ज’ गरिरहेका छन्।
सलमान खानले मानिसहरुलाई पानी जोगाउने सचेतना दिए। सलमानको यो तरिकाको कतिपय फ्यानले मन पराए भने कतिपयले यसलाई ट्रोलको विषय बनाए।
सलमानको ‘बोटल क्याप च्यालेञ्ज’ लाई केहीले धर्मको नामसँग जोडेका छन्। च्यालेञ्ज पूरा गर्नुपूर्व सलमानले नमस्कार गर्छन्, त्यसपछि ‘आदाब’ र बोटल समातेपछि होली क्रस साइन बनाउछन्। यही विषयमा सलमानको बारेमा ट्रोल बनाइएको छ।
एक यूजरले लेखेका छन्, ‘सलमान खान, तिमी मुस्लिम हो वा क्रिस्चियन ?’ अर्काले लेखेका छन्, ‘तिमी कुन धर्ममा यकिन राख्छौ ? त्यो तय गर।’ केहीले उनको समर्थन पनि गरेका छन्, ‘सलमान खान धर्मनिरपेक्ष छन्, उनी सबै धर्ममा विश्वास राख्छन्।’
हिजोआज सलमान ‘दबंग–३ को सुटिङमा व्यस्त छन्। यो चलचित्रमा सलमानसँग सोनाक्षी सिन्हा देखिँदैछिन्। यो चलचित्रलाई प्रभुदेवाले निर्देशन गर्दैछन्। दबंग-३ पछि सलमान निर्देशक सञ्जय लिला भन्सालीको चलचित्र ‘इन्साअल्लाह’ मा देखिनेछन्। यो चलचित्रमा सलमानसँग पहिलोपल्ट आलियाले स्क्रिन सेयर गर्दैछिन्।