बाढी प्रभावितलाई प्रदेश २ का मन्त्रीहरुले दिने भए एक महिनाको तलब

वीरगञ्ज – प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा मन्त्रीहरुले बाढी तथा डुबान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब दिने भएका छन् । प्रदेश मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले उद्धार तथा राहतको कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

यस्तै सबै मन्त्रीहरुले एक महिनाको आफ्ना तलब दिने निर्णय पनि गरेका हुन् । यसैगरी साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यहरु आफ्नो क्षेत्रमा खटिएर राहतको काम गर्ने पनि प्रदेश मन्त्री परिषदले निर्णय गरेको छ ।

प्रभावित परिवारको राहत तथा पुनर्स्थापना कार्यलाई चुस्त बनाउनका लागि प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति गठन भएको छ । उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण समेत गर्ने छ ।

प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छ । प्रदेश सरकारले बाढीबाट मृत्यु हुनेका परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू