जनजाति फिल्म अवार्ड घोषणा, पहिलो संस्करण थाइल्यान्डमा

काठमाडौँ – जनजाति चलचित्र तथा संगीत अवार्ड आयोजना हुने भएको छ। हुकुम मल्टिमिडियाले ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड–२०१९’ थाइल्यान्डमा हुने घोषणा गरेको हो।

कार्यक्रम भदौ ७ गते थाइल्यान्डमा अवार्ड हुने हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जन बताए।

२०७३ सालदेखि २०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । यस कालखण्डमा निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ ।

फिल्मतर्फ कूल १६ र संगीत तर्फ ११ विधा राखिएको छ ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्