आइसिसीको नयाँ बरियाता, कोहली र बुमराह शीर्ष स्थानमा

एक दिवसीय विश्वकप क्रिकेट समापन भएसँगै विश्व क्रिकेटको प्रशासकीय निकाय आइसिसीले नयाँ बरियता क्रम सार्वजनिक गरेको छ ।

आइसिसीले सोमबार सार्वजनिक गरेको बरियतामा ब्याट्सम्यान तर्फ भारतीय टोलीका कप्तान विराट कोहली शीर्ष स्थानमा कायम छन् । उनको कप्तानीमा रहेको भारतीय टोली लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर सेमिफाइनलमा भारत न्युजिल्याण्डसँग १८ रनले पराजित भएको थियो ।

खेलाडीको बरियतामा कोहली पहिलो र भारतकै रोहित शर्मा दोस्रो स्थानमा छन् । शर्माले विश्वकपमा पाँच शतक प्रहार गरेका थिए ।

यस्तै बरियताको तेस्रो स्थानमा बाबर आजम छन् । चौथो स्थानमा फाप डू प्लेसिस, पाँचौँमा रोस टेलर, दुई स्थान उक्लिँदै छैटौँ स्थानमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन, सातौँ स्थानमा डेविड वार्नर, आठौँमा जोए रुट, नवौँमा क्वीन्टन डी कक र १० औँ स्थानमा ज्यासन रोय रहेका छन्।

यस्तै बलरतर्फ भारतका जसप्रीत बुमराह शीर्ष स्थानमा छन् । यस्तै दोस्रो स्थानमा ट्रेन्ट बोल्ट, तेस्रोमा कागिसो राबडा, चौथोमा प्याट कमिन्स, पाँचौँमा इमरान ताहिर, छैटौँमा मुजीब जाड्रन, सातौँमा क्रिस वोक्स, आठौँमा मिचेल स्टार्क, नवौँमा रशिद खान र दशौँ स्थानमा म्याट हेनरी रहेका छन् ।

एक दिवसीय क्रिकेटमा टिम तर्फको बरियतामा विश्व विजेता बनेको इंग्ल्याण्ड शीर्ष स्थानमा छ ।

यस्तै भारत दोस्रो र सेमिफाइनलमा भारतसँग पराजित भएको न्युजिल्याण्ड तेस्रो, अस्ट्रेलिया चौथो, दक्षिण अफ्रिका पाँचौँ, पाकिस्तान छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्तान दशौँ स्थानमा रहेको आइसिसीले उल्लेख गरेको छ ।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्