जलाधारविद् मधुकर उपाध्या

‘घर बनाउँदा जमिन मात्रै हेर्ने आकाश बिर्सने प्रवृत्तिले परिणाम भयावह बन्दैछ’

‘घर बनाउँदा जमिन मात्रै हेर्ने आकाश बिर्सने प्रवृत्तिले परिणाम भयावह बन्दैछ’

काठमाडौँ— अविरल वर्षा नेपालका लागि नियति बन्ने गरेको छ। केही दिन वर्षाले निरन्तरता पाउनासाथ बाढी, पहिरो र डुबानको चपेटामा पर्छन् मुलुकबासी।

यसपटककाे वर्षाले  मंगलबारसम्म ७८ जनाको ज्यान लिएको छ भने ३२ जना घाइते भएका छन्। १४ सयभन्दा बढी मानिसको उद्धार गर्न सुरक्षा निकाय सफल भए पनि उनीहरुको पुनर्स्थापनामा सरकारले ध्यान दिन सकेको छैन। तराईका बाढी पीडित विद्यालय, मन्दिर र आफन्तको घरमा शरण लिइरहेका छन्।

सबैभन्दा धेरै महिला, बालबालिका र वृद्धवृद्धा परेका छन्। यो प्रकोपबाट राजधानी काठमाडौँ पनि अछुतो रहन सकेन। राजधानीले ८ जनाको ज्यान गुमाइसकेको छ भने २ जना बेपत्ता भएका छन्।

ठूल्ठूला घरहरु कोलोनी समेत ढुवानमा परेपछि राजधानीबासी आतंकित भए। खासगरी खोला आसपासका बस्तीमा पानी पसेपछि उनीहरुको बिचल्ली भएको हो।

सुविधासम्पन्न सहरले दुई दिनको पानीको सामना किन गर्न सकेन त? जलाधारविद् मधुकर उपाध्या जमिन मात्रै हेरेर घर बनाउने, आकाश नहेरेका कारण सहरबासी बाढीको चपेटामा परेको बताएका छन्।

देशसञ्चार संवादमा उनले खोला छेकेर घर बनाउँदा, खोलाको किनारमा जथाभावी बाटो निकाल्दा र अध्ययनबिना जथाभावी घर बनाउन दिँदाको परिणाम अहिले भोग्नु परेको बताएका छन्।

उनले पानीको महत्व, बाटो छेकेमा यसले निम्ताउने विनासतर्फ नीतिनिर्माताहरु समयमै सजग भई सम्बन्धी नियम कार्यान्वयनमा कडाइ नगरेमा आउँदा दिनमा झन ठूलो बाढी आउने र त्यसको क्षति भयावह हुने चेतावनी दिएका छन्।

उनले पानी र आगोसँग झस्किने र त्यसको महत्व नबुझ्दा अनावश्यक विपद्को सामना गर्नुपर्ने निष्कर्ष निकाल्दै यो संवादमा कसरी पानीलाई खुशी बनाउने र त्यसको सदुपयोग गर्ने उपायबारे प्रष्ट्याउने कोशिस गरेका छन्।

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्