काठमाडाैँ– लोकसेवा आयोगको विज्ञापन समावेशी गराउनु पर्ने मागगर्दै विभिन्न समूहले आन्दोलनलाई तिव्रता दिएका छन्।

आदीवासी, जनजाती, महिला, दलित लगायतको समूहले संयुक्त आन्दोलनलाई तिव्रता दिएका हुन्।

मंगलबार माइतीघरमण्डलामा बाजागाजासहित शान्तिपूर्ण जुलुस प्रर्दशन गर्दै लोकसेवा आयोग प्रमुख र सामान्य प्रशासनमन्त्रीको राजीनामाको माग गरेका छन्।

संयुक्त आन्दोलनका अध्यक्ष जगत बरमले सरकारले आफ्ना माग कार्यान्वयन नगरेका कारण बाध्य भएर सडकमा उत्रिएको बताएका छन्।