घरभरि मोबाइल र मेमोरीकार्ड, प्रहरी भन्छ- राजश्व छलीका सामान

काठमाडौँ: प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको सानेपास्थित एक मोबाइल गोदाममा  छापा मारेको छ। जेएसएस मोबाइल कलेक्सन एन्ड सर्भिस प्राइभेट लिमिटेडको गोदाममा छापा मारिएको हो।

सामान राखिएका दुई वटा घरमा सिल पनि गरिएको छ। कम्पनीका मालिकद्वय मोहन बंशल र गोविन्द बंशल भने फरार छन्। दुवै जनाका श्रीमती र कामदारलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

सिल गरिएका घरमा विभिन्न ब्रान्डका चाइनिज मोबाइल र मेमोरी कार्ड ठूलो मात्रामा रहेको ललितपुर प्रहरीले जनाएको छ। सामानको बिल नभेटिएपछि कल छलेर ल्याएको हुन सक्ने भन्दै सिल गरिएको हो।

प्रहरीका अनुसार खाली मेमोरी कार्ड ल्याएर नेपालमै विभिन्न क्षमताको बनाइने गरेको र मोबाइलमा पनि विभिन्न चर्चित ब्रान्डको कोडिङ गर्ने मेसिन पनि भेटिएको छ।

 

 

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्