कानुन मन्त्री ढकाल भन्छन् : सरकारको विश्वास स्वतन्त्र न्यायपालिकामा तर अदालतले पनि विश्वास बढाउनुपर्छ

काठमाडौं : कानुन मन्त्री भानुभक्त ढकालले सरकार स्वतन्त्र न्यायपालिकाको पक्षमा अडिग रहेको बताएका छन्।

न्यायपालिकाको चौथो पन्च वर्षीय रणनीतिक  योजनाको सार्वजनिक कार्यक्रममा बोल्दै ढकालले भने – सरकारले न्यायपालिकालाई लगाम लगाउँदैन र त्यो पक्षमा पनि छैन।

मन्त्री ढकालले अदालत पुगेपछि न्याय पाइन्छ भन्ने विश्वास बढाउनुपर्नेमा जोड दिए। ‘ कुनै पनि मानिस न्याय माग्न अदालत पुग्यो भने अदालतले उसको विश्वास बढाउनुपर्छ’, उनले भने।

 

असार ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू