भित्तामा टाउको ठोक्काएर बुहारीले गरिन् सासुको हत्या

सांकेतिक तस्बिर

काभ्रे – धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीले वृद्ध सासुको हत्या गरेकी छन्।

राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेकी माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो ।

सासुको हत्या गरेकी २४ वर्षीया बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

सुन्तलीले ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासुको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू