विराटनगर – विराटनगरको महेन्द्र चोकमा रहेको मोबाइल पसलमा बुधबार बिहान चोरी भएको छ। ट्राफिक चौकबाट करिब २ सय मिटरको दूरीमा अवस्थित सनराईज ईन्टरप्राईजेज प्रालिमा चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ईन्टरप्राजेजका सञ्चालक मधुकुमार राईले पसलबाट १२ लाख रूपैयाँ बराबरको मोबाइल तथा ल्यापटप चोरी भएको जानकारी दिए।

उनका अनुसार, ल्यापटप २ थान, ट्याब २ थान, मोबाइल ४१ थान, पावर ब्यांक १० थान, ब्लुटुथ डिभाईस ५ थान, मोबाइल कभर २ सय थान र नगद ४० हजार रूपैयाँ चोरी भएको हो।

प्रहरीका अनुसार पसलको सटर फोडेर चोरी भएको छ। चोरी भएको स्थानबाट महेन्द्र चोकमा प्रहरी डिउटीमा खटिएका हुन्छन्।

चोरीका क्रममा फोडिएको सटरमाथिको सिसिटिभी क्यामराको तार समेत काटिएको छ। सञ्चालक राईले गएराति ९ बजे पसल बन्द गरेर घर फर्किएको बताए। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्