धान रोप्न गएकी आमालाई पछ्याएका ५ वर्षीय बालकको खाेलामा डुबेर मृत्यु

साङ्केतिक तस्बिर ।

वीरगञ्ज – धान रोप्न गएकी आमालाई पछ्याउँदै गएका पाँच वर्षीय बालकको खोलामा डुबेर ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका कृष्ण ठाकुरको छोरा अकलेश ठाकुरको भेडाहा खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै जाने क्रममा भेडाहा खोलामा डुबी बालक ठाकुर सिकिस्त परेका थिए । उनलाई उपचारको लागि गण्डक अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्