चार दिनपछि ढुङ्गामा बसेको अवस्थामा फेला परे सम्पर्क बिहीन इञ्जिनियर

सिमकोट – सम्पर्क बिहीन भएको चार दिनपछि इञ्जिनियर बसन्त रावत फेला परेका छन् । अदानचुली गाउँपालिका वडा नम्बर ३ को पाल्स गाउँको मेल्चौरमा ढुङ्गामा बसेको अबस्थामा खोजीमा गएको टोलीले उनलाई भेट्टाएको हो ।

सिमकोटबाट खोजीमा गएको टोलीले सामान्य अवस्थामा उनलाई भेटाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

रावतको स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गरिँदा अवस्था सामान्य रहेको र जंगलमा एक्लै बस्नुको कारणबारे उनले केही बोल्न नचाहेको बताइएको छ ।

धेरै छाक खाना नखाएको कारण स्वास्थ्य अवस्था कमजोर रहेका उनको उपचार सुरु भएको छ ।

सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कार्यालयको कामका सिलसिलामा रहेका इञ्जिनियर रावत आइतबार बिहान बस्ने होटेलमा एक कप चिया खाएर निस्किए पछि सम्पर्कबिहिन भएका थिए ।

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्