अन्तर्राष्ट्रिय अदालतले राेक्याे जाधवकाे मृत्युदण्ड

एजेन्सी– नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको जेलमा रहेको भारतीय नागरिक कुलभूषण जाधवलाई मृत्युदण्ड दिने विषयमा पुनर्विचार गर्न पाकिस्तानलाई आदेश दिएकाे छ।

हाल पाकिस्तानको जेलमा रहेका जाधवलाई पाकिस्तानको सैन्य अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। यसविरुद्ध भारतले सन् २०१७ मेमा अन्तर्राष्ट्रिय अदालत गुहारेको थियो।

कुलभूषण जाधव भारतीय नौसेनाका अवकाश प्राप्त अधिकारी हुन्। उनलाई पाकिस्तानका सुरक्षाबलले सन् २०१६ मार्च ३ मा पाकिस्तानविरुद्ध जासुसी गरेको आरोपमा पाकिस्तानको बलुचिस्तानबाट गिरफ्तार गरेकाे थियाे।

त्यसपछि उनलाई पाकिस्तानमा फाँसीको सजाय सुनाइएको थियो। यद्यपी भारतले पाकिस्तानको आरोपलाई अस्वीकार गर्दै आएको छ।

 

साउन १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्