मेक्सिकन ‘ड्रग लर्ड’ एल चापोलाई जन्मकैद र थप ३० वर्ष जेल सजाय

अमेरिकाको अदालतले मेक्सिकोका लागुऔषध तस्कर ख्वाकिन गुथमानलाई जन्म कैद र थप ३० वर्षको जेल सजाय फैसला गरेको छ । एल चापोका नामले चिनेले ख्वाकिनलाई मेक्सिकोका ‘ड्रग लर्ड’ भन्ने गरिन्छ ।

जन्मकैद उनको न्यूनतम सजाय हो र ३० वर्ष जेल अवैध रुपमा हातहतियारको प्रयोगका लागि सुनाइएको हो । यस्तै उनले १२ अर्ब ६० करोड अमेरिकी डलर जरिवाना तिर्नु पर्ने पनि फैसला भएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको संघीय अदालतले लागुऔषध तस्करी सम्बन्धका १० मुद्दामा गएको फेब्रुअरीमा उनलाई दोषी ठहर गरेको थियो ।६२ वर्षका ख्वाकिन कोकिन तथा हेरोइनको तस्करी, अवैध अतियार राखेको तथा मनी लण्ड्रिङ्गसहितका आरोपमा दोषी पाइएका हुन् ।

फेब्रुअरीमा दोषी ठहर गरेको अदालतले उनको सजाय बुधबार सुनाएको हो । उनको पूरै जीवन अब जेलमा बित्ने सम्भावना छ । जेलबाट सुरुङ्ग बनाएर भागेका ख्वाकिनलाई सन् २०१६ मा प्रहरीले पक्राउ गरेको थियो । सन् २०१७ मा उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो ।

सिनाओला ड्रग कार्टेलमा उनको हात रहेको र अमेरिकामा ड्रग्स आपूर्ति गर्नेको सूचिमा उनी सबैभन्दा अग्र सूचिमा आउने आरोप थियो । ११ हप्तासम्मको सुनुवाईपछि गएको फेब्रुअरीमा जुरीले फैसला सुनाएको थियो ।

सन् १९५७ मा किसान परिवारमा जन्मिएका ख्वाकिन अफिम तथा गाँजाको खेतमा काम गर्थे र त्यहिँबाट उनले ड्रग्स तस्किरीको गुण सिकेका हुन् ।

बुधबार सजायको फैसला हुनु पूर्व ब्रुक्लिनको अदालतमा ख्वाकिनले अमेरिकाले आफूलाई असीमित यातना पाएको बताएका थिए । यस्तै मुद्दाको सुनुवाईको क्रममा आफूमाथि अन्याय भएको पनि उनले दाबी गरे ।

उनलाई उच्च सुरक्षासहित कोलोराडोस्थित जेलमा राखिने छ ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्