विद्युतीय बस किन्न सरकारले साझालाई दियो तीन अर्ब

फाइल तस्बिर

काठमाडौँ – सरकारले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ ।

बस खरिदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषदले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरिदका लागि रकम छुट्याएको छ ।

संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरिद गर्दैछ । गत महिना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैले साढे दुई करोड गरेर ४५ करोडमा बस खरिद गर्ने सम्झौता भएको थियो ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्