कमैया मुक्ति घोषणाको १९ वर्ष पूरा

काठमाडौँ – कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको बिहीबार १९ वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो ।

सोही दिनको सम्झनामा मुक्त कमैयाले बिहीबार काठमाडौँ उपत्यकासहित थारू बहुल सबै जिल्लामा कमैया मुक्ति दिवस मनाउँदै छन् । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो ।

तर अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन सकेका छैनन् । उनीहरुको पुनर्स्थापना तथा व्यवस्थापन हुन सकेको छैन ।

सरकारले मुक्त घोषणा गरेको १९ वर्ष पूरा भई २० औँ वर्षमा प्रवेश गरे पनि अझै मुक्त कमैयाको पुनर्स्थापना पूर्ण रुपमा सम्पन्न भएको छैन । विशेषगरी कैलाली, बदिर्या, कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा मुक्त कमैया धेरै छन् ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्