मोरङको पथरी शनिश्चरेमा सवारी दुर्घटना, एकजनाको ज्यान मृत्यु

मोरङ – मोरङको पथरी शनिश्चरेमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मोरङको रमाईलोबाट झापाको काँकरभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिक भ्यानलाई ठक्कर दिएर सडकमा पल्टिँदा नाम तथा वतन नखुलेका एकजनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा  ११ जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्