जस्तो मनस्थिति, त्यस्तै रोग: कुन विचारले कुन रोग?

रोगी भएर बाँच्न कोही पनि चाहँदैन। सबै स्वस्थ रहन चाहन्छन्।

स्वस्थ्य रहन धैरै कुराको ख्याल गर्न जरुरी हुन्छ। नियमित व्यायाम, पोषणयुक्त खानालगायतका कार्य गर्दा पनि हामी स्वस्थ रहेको दाबी गर्न सक्दैनोँ। स्वस्थ्य रहन मन र मष्तिष्कको पनि भूमिका हुन्छ। आधुनिक चिकित्सा विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ। तपाईँको नकारात्मक सोचका कारण पनि रोग लागिरहेको हुन्छ। तपाईँको शरीरमा कुनै रोग नभए पनि मन बिरामी हुनसक्छ। यसलै गर्दा तन पनि बिरामी भइरहेको हुन्छ।

मन अस्वस्थ छ भने त्यसको शरीरसँग कुने लिनुदिनु हुँदेन भन्ने मान्यता पनि छ। शरीर स्वस्थ छ भने सब ठिक छ भन्ने मान्यता पनि छ। वास्तविकता के हो भने मनको एउटा सानो विचारले पनि शरीरमा प्रतिक्रिया देखाउँछ। यसैकारण भनिन्छ- मन तन्दुरुस्त छ भने तन पनि तन्दुरुस्त हुन्छ। जस्तै जब मनमा लोभ (लालच) उत्पन्न हुन्छ, त्यसको असर शरीरमा पर्दछ। यसै गरी जब मनमा प्रेम उत्पन्न हुन्छ, त्यस बेला पनि शरीरले प्रतिक्रिया दर्शाउँछ। अर्थात मन जुन स्थितिमा हुन्छ मस्तिष्क द्वारा हार्मोन (रसायन) तत्व को स्राव पनि त्यसै अनुरुप हुन्छ।

हाम्रो शरीरको कार्य आन्तरिक स्राव ग्रन्थि (इन्डोक्राइन ग्लान्डस) द्वारा निस्किने रसायन तत्व (हार्मोन्स) को स्रावद्वारा निर्धारित हुन्छ। ब्यक्ति अग्लो हुनु, पुडको हुनु, मोटो हुनु, दुब्लो हुनु, उसको ब्यवहारमा परिबर्तन हुनुका साथे विभिन्न किसिम का मानिसक एवम् शारीरिक रोग लाग्नुमा समेत हार्मोन्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।

आउनुस् हेरौँ, भिन्नभिन्न मनस्थितिसँग जोडिएको अवस्थामा (इन्डोक्राइन ग्लान्ड) बाट निस्किने हार्मन्स र त्यसको शरीर र मनमा पर्ने प्रभावहरुलाई।

चलाखी: यस स्थितिमा व्यक्तिले मन भित्रभित्रै आफ्नो लाभमात्र देख्दछ। अरुको फाइदा देख्दैन। यस स्थितिको मनोदशा भएको व्यक्तिमा – थायरोक्सिन, इन्सुलिन, एड्रोनोलिन हार्मोन्सको स्रावको मात्रामा कमी हुन जान्छ। फलस्वरुप व्यक्तिमा– थाइरायड, डायबिटिज, उच्च रक्तचाप, क्यान्सर, एलर्जीजस्ता समस्या देखापर्न सक्छ।

घृणा, इर्ष्या, डाहा, बैइमानी, चिन्ताको मनस्थितिमा शरीरमा निष्कासन हुने आन्तरिक हार्मोन्सको श्राव – बेसोपरोसिन, टेस्टोस्टेरान, एन्ड्रोजन, गाडोट्राफिन, आक्सिटोसिनजस्ता हार्मोन्सको स्राव अल्पमात्रामा हुन्छ। यसको प्रभाव – नपुसंकता, बाँझोपना, शिघ्रस्खलन, चिडचिडापन, अनिन्द्रा, जिद्दी  स्वभावजस्ता स्वास्थ्य समस्या केही दिनपछि व्यक्तिमा देखापर्न थाल्छ।

लोभ, आलस्य, प्रमादको अवस्थामा व्यक्ति सँधे रहन्छ भने हाइपोथेलम्स, मेलोनिन, सेरोटोनिन नामक हार्मोन्समा असन्तुलन भई आन्तरिक ग्रन्थीबाट अल्पस्राव हुनथाल्छ। परिणाम स्वरुप– प्रभावको रुपमा कब्जियत, एसिडिटी, अल्सर, डिप्रेसन, हातखुट्टा दुख्नुको साथे शरीरको तौल पनि बढ्न गई मोटोपना देखिन्छ।

अहंकारको मनोदशा रहिरहयो भने पेराथेमिन, केलोटोलोमिन, थाइरोक्सिन, बेसोप्रोसिन, ग्लुकोकार्टिको स्टेराइड हार्मोन्सहरुको आन्तरिक निष्कासन उचित रुपमा हुन पाउँदैन। यसको कारणले गर्दा अस्टियोपोरोसिस (हड्डी खिइने रोग, गठियावात, प्रोस्टेट ग्लान्ड बढ्ने, किड्नीको समस्या समेत देखिन सक्छ।

निर्मल, सफा, स्वच्छचित मनको स्थिति भएको बेला ब्यक्तिको आन्तस्राविक ग्रन्थीबाट स्वभाविक रुपमा रसायन (हार्मोन्स) को स्राव हुन्छ। फलस्वरुप पेराथोमिन, केलेटोलोमिन, थाइरोक्सिन, जस्ता हार्मोन्सहरु अल्पस्रावले ब्यक्तिमा जोस, जाँगर, प्रसन्नता, गहिरो निन्द्रा, परिस्थिति अनुसार आफुलाई ढाल्न सक्नु, हर अवस्थामा खुसी रहनेजस्ता लक्षणहरु देखिन्छ।

यसै प्रकार अरुको मद्दत गर्ने, सबैसँग प्रेमभाव राख्ने मनस्थितिमा रमाउने व्यक्तिमा हार्मोन्स एड्रिनोलिन, हाइपोथेलेस सक्रिय, औड्रोनिल रसायनको स्राव। यसको प्रभाव ब्यक्तिमा आत्मबिश्वास र जीवनीशक्ति भरपुर, गहिरो निन्द्रा, चुस्त, दुरुस्त शरीरको अनुभव हुन्छ।

मन सञ्चालन गर्न ऊर्जा (शक्ति) को आवश्यकता पर्दछ। यो ऊर्जारुपी शक्ति मनले शरीरको सेल्सहरु तथा मस्तिष्क को ग्रन्थिहरु द्वारा स्रवित रसायन (हार्मोन्स) बाट प्राप्त हुन्छ। मनलाई यो ऊर्जा प्राप्त हुनमा मस्तिष्क र हाइपोथेलेमसद्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। मस्तिष्क र हाइपोथेलेमस ग्रन्थिले शरीरको सबै अनैच्छिक व ऐच्छिक क्रियाकलापहरुलाई नियन्त्रणमा राख्दछ। यसको साथे शरीर र मनको अवस्थालाई एक आपसमा सामन्जस्य कायम गरी शरीरलाई सुचारु रुपले सञ्चालनमा मद्दत गर्दछन्। त्यही भएर होला स्वस्थ्य रहन हाम्रो मन पनि स्वस्थ्य हुन जरुरी छ, अर्थात हामीले पनि सकारात्मक सोच राख्नु पर्दछ।

(मिश्र होमियोप्याथिक कन्सल्टेन्ट हुन्।)

Mishradr.lk@gmail.com

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्