एकैपटक २४० जना न्यायाधीशको सरुवा, विशेष अदालतको अध्यक्षमा शिवराज अधिकारी

काठमाडौँ- न्याय परिषद्ले बिहीबार एकैपटक दुई सय ४० जना न्यायाधीशको सरुवा गरेको छ ।

परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्ला अदालतका एक सय ५६, उच्च अदालतका ७८ र विशेष अदालतमा ६ जना न्यायाधीशको हेरफेर गरेको हो ।

परिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका शिवराज अधिकारीलाई सरुवा गरेको छ । विशेषका अध्यक्ष बाबुराम रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको न्यायपरिषद्ले जनाएको छ ।

हेर्नुहोसु सूची कुन न्यायाधीश कहाँ सरुवा भए ?


 

साउन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्