स्वर-योग एक, फाइदा अनेक

स्वर–योग पूर्विय दर्शनको अति प्राचिन तथा शिरोमणि विद्या हो । यसको आश्चर्यजनक फल तथा साधनाको सरलताका कारण कुनै समयमा यो विद्या जनसमुदायको हृदयमा गढेको थियो तर समयको प्रभावसँगै यसका कैयौँ आवश्यक अंग लुप्त भए।

कति त क्षेपक भएर पनि भेटिएका छन्। आलस्य र अज्ञानताको कारण साधनहरु घटेर गए, जोसँग ज्ञान थियो उनीहरुले बाहिर ल्याउन चाहेनन् भनौँ वा लुकाए।

त्यसैकारण आज यो विद्या अत्यन्तै अपूर्ण एवं विकृत रुपमा दृष्टिगोचर रहेको छ। र पनि यसको अवशेषमा दृष्टि लगाउने हो भने आश्चर्य हुन्छ कि योगको यस विशुद्ध वैज्ञानिक तथा चमत्कारिक अंगमाथि परिपूर्ण अनुसन्धान किन भइरहेको छैन?

मनोविज्ञान शास्त्रका जुन आचार्यहरुले यस विषयमा विशेष विचार राखे। उनीहरु बताउँछन् कि मनुष्यलाई दृढनिष्चयी एवं कर्तव्यनिष्ट बनाउने उपाय यस भन्दा बढ्ता आजसम्म निस्किएको छैन।

अमुक स्वर अनुसार अमुक प्रकारको कार्य सिद्ध हुन्छ। यस कुरालाई विश्वास गर्नुका अतिरिक्त जब मनुष्य त्यसै स्वर अनुसार कार्य गरेमा त्यसप्रति उसको निष्ठा अत्यन्तै बढेर जान्छ र निष्ठा अनुसार परिणाम उपस्थित हुनु अवश्यम्भावि हुन्छ।

आत्मविश्वास दृढ गर्नको लागि पश्चिमी मोवैज्ञानिकहरु एउट अपांग जस्तै उपाय पत्ता लगाउन सफल भए।

त्यो कुरा यो हो कि शान्तचित्त भएर यस प्रकारको विचार गर्ने– ‘म बलबान छु, मेरो इच्छा–शक्ति दृढ छ, म यस कार्यमा सफलता प्राप्त गर्नेछु’ आदि। तर व्यवहारिक रुपमा देख्न सकिन्छ कि यी शब्दलाई रट्नाले मात्र वास्तविक प्रभाव अत्यन्तै कम पर्छ, गुप्त मन अत्यन्तै अबोध छ।

बालक जस्तै जबसम्म उसलाई औँला समातेर गोलीको सहायताले गन्न सिकाइँदैन तबसम्म सिक्न सक्दैन। गणितको सिद्धान्त मात्र पढाएर अति कम विद्यार्थी त्यसलाई बुझ्न सक्छन्। जबसम्म व्यवहारिक (कार्यात्मक) रुपले उदाहरण सहित यसलाई सिकाउन सकिँदैन।

तन्त्रको उपयोगितालाई मनोवैज्ञानिकले यसकारण स्वीकार गरे कि यसअनुसार शारीरिक क्रियाकलापको सहायताले गुप्त मनलाई प्रभावित गर्न सकिन्छ।

पानीमा उभिएर वा रातमा एकान्त वनमा बसेर मन्त्र जप गर्नाले शरीरको भित्री क्रिया सञ्चालन हुन्छ। त्यसै अनुसार मनमा असर पर्छ। जति धेरै शारीरिक प्रयत्न र मानसिक विश्वासका साथमा जुन मंत्र सिद्ध गरिन्छ त्यसले त्यति नै फल दिन्छ तर केवल यस्तो विचार गर्दै कदम बढाउनु पर्छ कि ‘मलाई सफलता मिल्दैछ’ कमजोर सोच्नु भन्दा शुभ स्वर चलेको समयमा पूर्ण विश्वास र उत्साहका साथमा अगाडि बढ्नु पर्छ किनभने मनसँग एउटा शारीरिक क्रियाको पनि समन्वय हुँदाखेरीको प्रभाव अतिनै उत्तम हुन्छ।

जसले सफलताको अति आशा गर्छ उसको विश्वास अधिक दृढ भएर आउँछ साथै मानवशास्त्रका अनुसार आशा एवं इच्छा नै सफलताको जननी हो।

अमेरिकाका अद्वितिय योगी श्री बी.बी.एटकिनसनले आफ्नो “साइज अफ ब्रेथ” मा यस कुरामाथि अत्यन्तै जोड दिएका छन् कि मनुष्यको नाभिसम्म पुरै स्वास लिनु पर्छ।

उनी प्राणवायूको स्थान फोक्सो नभएर नाभीलाई मान्छन्। र पनि वायुलाई अत्यधिक मात्रामा भरेर राख्ने गोदाम भने फोक्सो नै हो। फोक्सोमा छानिएर अक्सीजनको सम्पूर्ण भाग नाभिको महत्वपूर्ण केन्द्रसम्म पुग्छ र त्यहाँबाट शरीरलाई वास्तविक रुपमा पोषण पुग्छ।

यस युगका धुरन्धर शरीर शास्त्री श्री बरनर मेकडेफन आफ्नो अनुसन्धान पश्चात यसै निश्कर्षमा पुगे कि वायुलाई फोक्सोमा भरेर मात्रै स्वासको कार्य पुरा हुँदैन।

स्वास लिने उपयुक्त तरिका यो हो कि – तल्लो पेटसम्म खुम्च्याउँदै तथा फैल्याउँदै रहने साथै डायफ्राम पनि सञ्चालन भइरहोस्।

उपरोक्त दुई भनाइको उद्देश्य यो हो कि स्वासको प्रभाव नाभिसम्म पुग्न आवश्यक छ, यसो नगरेमा स्वास्थ्यमा धेरै हानि पुग्छ। हाम्रा ऋषि–मुनिहरुले यस विज्ञानको अध्ययन अनुसन्धान अत्यन्तै प्राचिन कालबाटै गरिसकेका छन् कि फोक्सोबाट स्वास लिनु अधुरो काम हो साथै यसले जीवनको विकासमा ठूलो रोकावट उत्पन्न गर्छ।

प्राणायाम क्रियाको गोप्य रहस्य यो हो कि नाभिको कुण्डलिनीसम्म पुरा स्वास पुगोस् साथै त्यहाँबाट निस्किने दसवटै नाडीमा उचित मात्रामा प्राण प्रवाहित भइरहोस् यसले गर्दा दसौंद्वारलाई सही तरिकाले रक्षा गरिरहोस्।

कैयौँ अधुरा शरीर शास्त्रीहरु शरीरको चिरफारमा जब यी नाडीहरु नाभिबाट निस्केको देख्दैनन् भने स्वर–विज्ञानमा वर्णन गरिएको नाडी विवरण माथि अविश्वास गरिरहन्छन्।

उनीहरुलाई थाहा हुनु पर्छ कि नाडी शब्दको अर्थ यहाँ रगत बग्ने नसा होइन। यो त अत्यन्तै सूक्ष्म वायु–मार्ग हो, जुन यन्त्रको सहायताबाट नभएर सूक्ष्म दृष्टिबाट देख्न सकिन्छ साथै यसबाट हुने कार्यको परीक्षा गरेर विश्वास प्राप्त गर्न सकिन्छ।

ध्यान दिँदा थाहा हुन्छ कि दुवै स्वर एक साथ चल्दैनन् अर्थात् दुवै नातृ मध्ये एकै समयमा वायु–प्रवाह हुँदैन।

हजूर, स्वर बदल्ने समयमा केहि क्षणको लागि दुवै स्वर एकै साथमा चल्छन्, यसलाई सुषुम्नाको प्रवाह भनिन्छ।

जसरी समुन्द्रको लहरमा सूर्य तथा चन्द्रमाको प्रभाव पर्छ त्यसरी नै हाम्रो श्वासमा पर्छ। प्रत्येक शुक्ल पक्ष तथा कृष्ण पक्षमा श्वासको गति बदलिन्छ र प्रायः एउटा (नासिका) नातृबाट १ घण्टा श्वास चलेर बदलिन्छ। शुक्ल पक्षको प्रतिपदामा सूर्योदयको समयमा ईडा नाडी अर्थात् चन्द्र–बायाँ स्वर चल्छ भने कृष्ण पक्षको प्रतिपदामा सूर्योदयको समयमा पिंगला अर्थात् सूर्य (दायाँ) स्वर चल्छ।

यसै प्रकार नियमपूर्वक कार्य हुनु शारीरिक तथा मानसिक स्थिति पूर्ण रुपले ठीक हुनुको संकेत हो। जब शरीर निर्विकार रहन्छ तब सम्पूर्ण प्रकारले आनन्द प्राप्त भइरहन्छ।

यदि वाहिरी वा भित्री रुपबाट शारीरक अवस्था ठीक नरहेमा भने स्वभाविक रुपले कष्ट उठाउनु पर्छ। यसैले स्वर–शास्त्र भन्छ कि उपरोक्त प्रकारले नियमपूर्वक नाडी चल्नाले मनुष्यलाई पक्षमा शुभदायक र विपरीत अवस्थामा अशुभ फल प्राप्त हुन्छ।

स्वर परिवर्तनबाट नाफा–नोक्सान


प्रत्येक स्वर एक घण्टा चलेर बदलिनु पर्छ। तर जब त्यो अत्यन्तै लामो समयसम्म चल्यो भने हानिकारक हुन्छ।

यदि बायाँ स्वर लगातार १७ घण्टासम्म चल्यो भने त्यो शरीरको लागि हानिकारक हुन्छ, १२ घण्टासम्म चल्यो भने सत्रु बढ्छन्। एक, दुई वा तीन दिन लगातार चल्यो भने विरामी भइन्छ। पाँच दिन चल्नाले उद्दोग तथा एक वर्षसम्म चल्नाले धन सम्पतीको नाश हुन्छ तर कहिलेकाहीँ अधिक समयसम्म स्वर चल्नाले त्यसबाट केहि आन्तरिक प्रतिक्रिया पनि हुन्छ।

जस्तै यदि वाम स्वर लगातार ४ घण्टा चल्यो भने कुनै अचिन्त्य वस्तुको प्राप्ति, ८ घण्टा चल्यो भने सुख, १४ घण्टा चल्यो भने प्रेम, मैत्री आदिको प्राप्ति, एक दिन–रात चल्यो भने ऐश्वर्य–वैभव आदिको उपलव्धि। ४,८,१२ वा २० दिन–रात–दिन–चन्द्र स्वर चलिरहयो भने आयु तथा ऐश्वर्यको प्राप्ति हुन्छ।

यदि दक्षिण स्वर लगातार ४ घण्टा चलिरहयो भने वस्तुहानि, २१ घण्टा चलिरहयो भने मित्रको बिछोड तथा एक दिनरात चलिरहयो भने आयु क्षीण भएर जान्छ।

चन्द्र स्वर शीतल हुनाको कारण यो लामो समय चल्नाले बिचबिचमा केहि लाभदायक क्षण पनि आउँछन्। तर सूर्य स्वरमा यस्तो कुरा हुँदैन। बढेको उष्णताले जीवन–रस सुक्न थाल्छ र अहित हुन्छ। केहि घण्टासम्म सूर्य स्वर चल्दाका हानिकारक फल बताइ सकिएको छ। यदि यो घडी बढ्न थाल्यो भने त प्रभाव अझ अनिष्टकारक हुन्छ साथै शरीरलाई यति क्षति पुर्याउँछ र मृत्युको समय नजिक आउँछ। लेखिएको छ कि यदि ८ प्रहरसम्म दक्षिण स्वर चलिरहयो भने तीन वर्ष पछि, १६ प्रहरसम्म चल्यो भने २ वर्ष पछि र तीन दिनरात चल्यो भने एक वर्ष पछि मृत्यु सम्झिनु पर्छ। दिनरात यहि स्वर चलिरहयो भने ३ महिनामा मृत्यु हुन्छ।

यहाँ मृत्युको सिलसिलामा केहि अन्य कुराहरु पनि पाठकलाई बताइ दिन आवश्यक प्रतित हुन्छ। देख्न सकिन्छ कि जब मनुष्यको प्राण शक्ति एकदमै कमजोर भएर आउँछ र मृत्यु निकट आउँछ भने उसको बुद्धिमा भ्रम उत्पन्न हुन्छ र केहि केहि देखिन थाल्छ।

नेत्र रोग वा कमजोर दृष्टिसँग यी कुराको कुनै सम्बन्ध छैन। जसको दृष्टि ठीक छ तथा प्रत्यक्ष आफ्नो शरीरमा कुनै त्रुटि देख्दैनन् तिनमा पनि जब मृत्युका पूर्व लक्षणहरु प्रकट हुन थाल्छन् तब शरीर एवं बुद्धिमा केहि सूक्ष्म विकृतिहरु उत्पन्न भएर आउँछन्।

सामान्य दृष्टिले कसैले पनि मृत्युको संकट जान्न सक्दैन तर सूक्ष्म ज्ञानबाट यो आभास प्राप्त गर्न सकिन्छ कि मेरो प्राण निर्बल मृत्युको भूमिकामा त प्रवेश गरिरहेको छैन?

स्वर विज्ञान बताउँछ कि जसको प्राण सूक्ष्म रुपबाट निर्बल हुँदै मृत्युको निकट स्थितिमा पुग्दछ तब व्यक्तिलाई केहि विशेष भ्रम हुन लाग्छ ।

(१) दाहिने हातलाई मुट्ठी बाधेर नाकको ठीक सिधा माथि कपालमा राखेर तलतिर त्यसै हातको कुइनोसम्म देख्नाले हात अत्यन्तै पातलो देखिन आउँछ। यस प्रकार देख्दा नारी देखिएन वा बिचमा टुटे जस्तो देखिएमा प्रायः छ महिनामा मृत्यु हुन्छ।

(२) आँखा बन्द गरेर औँलाले आँखाको एक किनारा दबाइदिँदा आँखा भित्र एक चम्किरहेको तारा देखिन्छ, यदि त्यो देखिएन भने।

(३) स्नान पछि हृदय, पाउ र गाला पहिले सुकेमा।

(४) दीपको ज्वाला कहिले सुनौलो त कहिले कालो रंगको देखिएमा।

(५) घ्यू, तेल वा पानीमा आफ्नो छायाँ हेर्दाखेरी टाउको मात्रै देखिएमा।

(६) विना कुनै कारण अचानक अत्यन्त मोटो तथा पातलो भएमा।

(७) हातले कान बन्द गर्दा कान भित्र एक प्रकारको सनसनाहटको आवाज आउँछ यस्तो आवाज आउन बन्द भएमा।

(८) आज्ञा चक्र (भृकुटी) नदेखिएमा।

(९) सर्स्यौं वा अंडी को तेलमा दियो जलाउँदा आउने गंध थाहा नपाएमा।

(१०) मैथुन गर्ने समय आदि, मध्य वा अन्त्यमा बाडुल्की आउन थालेमा।

(११) कांसको थालमा पानी भरेर त्यसमा सूर्यको छायाँ हेर्ने यदि छायाँ दक्षिण दिशामा काटिएको देखिएमा छ महिनामा, पश्चिममा काटिएको देखिएमा तीन महिनामा, उत्तरमा काटिएको देखिएमा दुई महिनामा, पूर्वमा काटिएको देखिएमा एक महिनामा। यदि त्यसमा प्वाल देखियो भने त दस दिनमा र धुवाँले ढाकिएको देखिएमा शीघ्र नै मृत्यु सम्झिए हुन्छ।

मनले चाहे जस्तै सन्तान उत्पन्न गर्न साधारणतया रजस्वला भएको चौथो दिनदेखि लिएर सोह्र दिनसम्म गर्भाधानको लागि उत्तम समय हुन्छ। यसमा उत्तरोतर दिन राम्रो हुन्छ। प्रथम तीन रात, अष्टमी, एकादशी, त्रियोदशी, औंसी तथा पूर्णिमा वर्जित छन्।

शास्त्रकारहरुको मत छ कि रजस्वला भएको चौथो रातमा गर्भ रहनाले अल्प आयु तथा दरिद्री, छैटौं रातमा साधारण आयु भएको, आठौं रातमा ऐश्वर्यवान्, दशौं रातमा चतुर, बाह्रौं रातमा उत्तम, चौधौं रातमा गुणयुक्त तथा सोरौं रातमा सर्वगुण सम्पन्न सन्तान उत्पन्न हुन्छ तथा पाँचौं रातमा सन्तान सुखी, सातौं रातमा बंध्या नवौं रातमा ऐश्वर्यवती, एघारौं रातमा दुश्चरित्र युक्त, तेह्रौं रात्रमा वर्णशंकर सन्तान उत्पन्न गर्नेवाला, पन्ध्रौं रातमा सौभाग्यवति अथवा राजपत्नी कन्या उत्पन्न हुन्छिन्।

पुरुषको दायाँ र महिलाको बायाँ स्वर चलिरहेको बेला गर्भाधान गर्नाले पुत्र उत्पन्न हुन्छ र जब महिलाको दायाँ तथा पुरुषको बायाँ स्वर चलिरहेको बेला सहवास भएको बेला गर्भाधान भएमा पुत्री उत्पन्न हुन्छिन्।

यसैले पुत्रको इच्छा गर्ने पुरुषले बायाँ कोल्टो र कन्याको इच्छा गर्ने पुरुषले दायाँ कोल्टो सुत्नाका उप्रान्त इच्छित स्वर चलाउनको लागि कृया पनि गर्नु पर्छ।

जो भौतिक वैज्ञानिकहरु स्वरशास्त्रको सम्बन्धमा अझैसम्म पनि सन्देह मै छन् तिनले पनि यस कुरालाई स्वीकार गरिसके कि काम–क्रिणाको समयमा पुरुष यदि बायाँ कोल्टो सुतेमा उसको दायाँ अण्डकोष विशेष शक्तिशाली भएर आउँछ। कामोत्तेजना हुँदा अण्डकोषको नाडिबाट नै शरीरका धातुहरुबाट वीर्य निकाल्ने कार्य हुन्छ।

दहीबाट घ्यू निकाल्नको लागि जुन काम मदानीले गर्छ सोहि कार्य वीर्य बनाउनको लागि अण्डकोषका नाडिहरुले गर्छन्। शरीरको दायाँ भागमा पुरुषत्वका लक्षण विशेष मात्रामा पाइन्छ।

दाहिने अण्डकोषका नाडिहरु पनि दाहिने अंगकै मन्थन ज्यादा गर्छन्, त्यसैले वीर्यमा पनि पुरुषत्वको मात्रा धेरै हुन्छ। यस प्रकार बायाँ कोल्टो सुतेर सम्भोग गर्नाले पुत्रको उत्पत्ति हुन्छ।

यस अभिमतबाट पनि स्वर–शास्त्रको यस सिद्धान्तलाई पुष्टी गर्न सकिन्छ।

यदि पुरुषको सूर्य–स्वरमा स्त्रीसँग सहवास भइरहेको समयमा नै सुषुम्ना स्वर चल्न थाल्यो भने त्यस समयमा भएको गर्भाधानबाट अंगहीन, कुरुप, नपुंसक सन्तान उत्पन्न उन्छ अथवा गर्भ तुहिन पनि सक्छ। यदि ऋतुको सुरुवातमा पुरुषको सूर्य–स्वर वा जल तत्व तथा महिलाको चन्द्र–स्वर तथा पृथ्वीतत्व भएको अवस्थामा सम्भोग हुँदाको समयसम्म पनि स्वर बदलिएन भने बाँझो व्यक्तिको पनि सन्तान हुन्छ।

यदि भोग कालमा पुरुषको सूर्य(स्वर चलेको र वीर्य स्खलित हुने बित्तिकै चन्द्र–स्वर भएमा स्त्री गर्भधारण हुँदिनन्। यदि भए पनि छोरी हुनसक्छ छोरो हुँदैन।
यदि पुरुषको सूर्य–स्वरमा जल अर्थात् पृथ्वी तत्व मिलेको समयमा गर्भाधान गर्नाले धनवान तथा सुखी सन्तानको जन्म हुन्छ तर स्त्रीको चन्द्र–स्वरमा पृथ्वी तथा वायु तत्व हुनुपर्छ अन्यथा हुँदैन।

आकाश तत्वमा भोग गर्नाले गर्भ नष्ट भएर जान्छ। यदि स्त्रीको सूर्य–स्वरमा पृथ्वी, अग्नी वा आकाश तत्व भएमा गर्भमा हानी हुन्छ।

यदि पुरुषको चन्द्र–स्वर तथा स्त्रीको सूर्य स्वर चलिरहेको तथा जल एवं पृथ्वी जलको संयोग छ भने तब गर्भाधानबाट कन्या उत्पन्न हुन्छिन्। यदि सुषुम्ना नाडी चल्न लाग्यो अथवा सूर्य–स्वर चलिरहेको छ तथा अग्नी तत्वको उदय भएको छ भने बाँझोपन भएको व्यक्तिलाई समेत गर्भाधान हुन्छ। स्त्री–पुरुषका यदि एकै नाकले श्वास चल्छ भने त्यो गर्भ रहँदैन।

वायु तत्वमा गर्भाधान भएमा दुःखी, जल तत्वमा गर्भाधान भएमा चारै दिशामा विख्यात तथा सुखी, अग्नी तत्वमा गर्भाधान भएमा गर्भपात अथवा अल्पजीवी र पृथ्वी तत्वमा गर्भाधान भएमा भोगी, सुन्दर तथा धनवान पुत्र उत्पन्न हुन्छ। आकाश तत्वको समयमा भएको गर्भाधान खेर जान्छ।

पृथ्वी तत्वमा गर्भाधान भएमा पुत्र तथा जल तत्वमा गर्भाधान भएमा पुत्री उत्पन्न हुन्छ। शेष तत्वमा गर्भाधान रहेमा गर्भमा हानी अर्थात् जन्म लिने बित्तिकै शिशुको मृत्यु हुन्छ।

स्वर योगबाट रोग निवारण


जसरी मुसा मार्नाले संक्रमित रोग (प्लेग) फैलिने डर हुन्छ, त्यसै प्रकार जब शरीरमा हाई, हड्डी फुट्ने समस्या हुन्छ तब ज्वरो आउने सूचना मिल्छ। हाछ्यौं सुरु हुनु रुघाखोकीको सूचना हो। यस्ता लक्षणहरु प्रकट हुनाले रोग विशेषको आक्रमणको आशंका हुन्छ।

शारीरिक रोगले यस कुराको संकेत हो कि शरीरमा केहि न केहि निर्बलता वा दूर्वलता छ अर्थात् भौतिक प्रकृति रोगको स्पर्शको लागि कहिंबाट खुल्ला भएको छ, त्यसैले त बाहिरबाट रोगहरु हामी भित्र प्रवेश गर्छन्। जब यिनिहरु आउँछन् तब यदि कसैले यिनिहरुको आगमनको अनुभव गर्न सकेमा वा शरीरमा प्रवेश गर्नु भन्दा पहिले नै रोक्न सक्ने तागत तथा अभ्यास भएमा मनुष्य रोग मुक्त रहन सक्छ।

जब यो आक्रमण भित्रैबाट उठेर आएको अनुभव हुन्छ भने सम्झनु पर्छ कि यो बाहिरबाट आएको रोग चेतनामा प्रवेश गर्नु भन्दा पहिले पक्रन सकिँदैन।

सबसे राम्रो त रोग प्रवेश गर्नु भन्दा पहिले नै जानेर त्यसलाई रोकिदिनु हो। यो क्रिया स्वर योगबाट सरलता तथा सफलतापूर्वक हुन सक्छ। सम्पूर्ण रोग शरीरमा सूक्ष्म चेतना तथा सुक्ष्म शरीरको ज्ञान तन्तुमय वा प्राण भौतिक कोषबाट प्रवेश गर्छन्।

जसलाई पनि सूक्ष्म शरीरको ज्ञान छ अथवा सूक्ष्म चेतनासंग सचेत छ, उसले रोग शरीरमा प्रवेश हुनुभन्दा पहिले नै बाटोबाट फर्काइदिन सक्छ। हजूर, यो संभव छ कि निद्रा अवस्थामा अथवा अचेतन अवस्थामा कुनै रोगले आक्रमण गरिदियो, तर फेरी पनि आन्तरिक साधनद्वारा त्यसको निवारण हुन सक्छ।

जब नियमित श्वास गतिमा विकृति उत्पन्न हुन्छ तब जान्नु पर्छ कि शत्रुको आक्रमण हुन लागेको छ। जो आक्रमण भन्दा पहिले नै सावधान हुन्छ उसले रक्षाको तयारी पनि गर्छ। यस प्रकार रोगबाट बच्ने प्रशस्तै अवसर उसलाई मिल्छ।

जब स्वरमा केहि विकार उत्पन्न हुन थाल्छ तथा नियमित समय वा गतिमा भित्र प्रतित हुन थाल्यो भने सावधान हुन थाल्नुपर्छ तथा स्वरलाई सहि गतिमा ल्याउने प्रयत्न गर्नु पर्छ।

स्वर बदलने उपाय अन्यत्र लेखि सकिएको छ, त्यसैको सहयोगले स्वरको शुद्धिकरण गरियो भने रोग भन्दा पहिले नै रोक्न सकिन्छ। आहार–विहारको विशेष सावधानी रोग–निवारणमा सहायक हुन सक्छ।

यदि रोग आइनै गयो भने पनि देख्न सकिन्छ कि त्यसको प्रारम्भ कुन स्वरबाट भएको हो? जुन स्वरबाट रोगको शुरुवात भएको हो, त्यसलाई बदलदिनुहोस् जब सम्म बीरामीको प्रकोप बढिरहन्छ त्यस स्वरलाई बदलिरहनुहोस्।

यसो गर्नाले दस–बीस दिनमा निको हुने बिरामी आधा वा चौथाई समयमा नै निको भएर जान्छ।

बिरामीको वेग अत्यन्तै बढि भइरहेको बेला तथा रोगी बेदनाले छटपटाइ रहेकोबेला चलित स्वरलाई बदलदिनु पर्छ, यसले गर्दा उसलाई तुरन्तै शान्ति मिल्नेछ तथा बढिरहेको कष्ट पनि मेटिन्छ।

पेट–सुद्धिको लागि केही उपाय


सुतेर उठ्नु भन्दा पहिले ओछ्यानमा हात फैलाएर तथा शरीरलाई लचिलो बनाएर आनन्दसँग सुत्नुहोस्। दुवै हातका कुहिनाले धमनी (प्लीहा) र कलेजोलाई थिचेर खुट्टालाई खुम्च्याउँदै पुनः फैलाइदिने।

यो क्रिया ३–४ पटक गरिसकेपछि ५–७ पटक यता उता कोल्टे फर्किंदै अल्छिपनालाई भगाइदिने।

त्यसपछि एक वा दुई मिनेटसम्म पेटको बलमा घोप्टो परेर सुत्ने त्यसपछि तुरुन्तै उपयुक्त स्वर नियम अनुसार ओछ्यानलाई छोडिदिनुस्। यस क्रियाले दिसा सफा हुन्छ साथै प्लीहा र कलेजोको ताकत बढेर जानेछ।

यदि कसैलाई कलेजो वा प्लीहा सम्बन्धी समस्या छ भने यसको प्रयोग नगरी औषधिको लाभ प्राप्त गर्नुहोस्।

जसलाई उपरोक्त रोग छैन, तिनलाई नै यसले लाभ हुन्छ। हप्तामा दुईतिन पटक गर्दा पनि लाभ हुन्छ।

ओछ्यान छोड्नु भन्दा पहिले पेटको बलले अवश्य सुत्नु पर्छ। सुतेर उठ्ने बित्तिकै तथा भोजन भन्दा पछाडि दायाँबाट २–३ पटक आफ्नो मस्तिष्कलाई समाउनु पर्छ।

शास्त्रमा यस क्रियालाई कपालभाती भनिएको छ। यसले कफ दोष नाश हुन्छ। यसै प्रकार सुतेर उठेपछि तथा सन्ध्या समय चोर औँलालाई कानमा छिराएर कन्याउने।

शास्त्रमा यस क्रियालाई “कर्णभाती” भनिएको छ, यस क्रियाबाट कानको रोग निको हुन्छ।

सुरुमा सिधा सुत्नाले कलेजोमाथि बल पर्दछ, जसले गर्दा पाचन शक्तिमा रोकावट हुन्छ। त्यसैले भोजन पचाउनको लागि दक्षिण (पिंगला) स्वर चलाउन आवश्यक हुन्छ। अतएव बायाँ कोल्टो सुत्न अति उत्तम, साथै रातमा जति लामो समयसम्म पिंगला स्वर चल्यो त्यति नै उत्तम।

अर्थात्, दिनमा यदि चन्द्रमा चल्यो तथा रातमा सूर्य चल्यो भने यो कुरा निश्चित रुपले जान्नुहोस् कि प्राण लामो समय सम्म स्थिर रहनेछ।

कोहि व्यक्ति शंका गर्छन् कि बायाँ कोल्टो सुत्नाले मुटुमा दबाव पर्छ र यसको चालमा कमजोरी आउँछ, तर यो भ्रम मात्र हो, किनकी पाचन–क्रिया ठीक रहनाले हृदयको गति कदापि शिथिल हुन सक्दैन।

आमाशय वा आन्द्रा सम्बन्धी रोगहरुमा श्वासलाई छोड्दै नाभि ग्रन्थिलाई मेरुदण्डको हड्डीमा टाँस्ने प्रयत्न गर्नुपर्छ। श्वास तान्ने समय पेटलाई खुब फुलाउने तथा छोड्ने समय खुम्च्याई दिनुपर्छ यस क्रियालाई बारम्बार गर्नाले पेटका सम्पूर्ण खराबिहरु हटेरएर जानेछन् साथै पाचनक्रिया ठीक हुन थाल्नेछ।

ज्वरो – अपराजित (एक किसिमको लहरे फूल) वा मोलसिरी (एक प्रकारको जडिबुटी) का केहि पत्तालाई हातले मिचेर सानो रुमालमा डल्लो जस्तो बनाउने र त्यसलाई बारम्बार सुँघिरहने यसो गर्नाले विषम ज्वरो चाँडै ठीक हुन्छ।

टाउको दुखाई वा माइग्रेन – टाउको दुखाई वा माईग्रेन रोगमा नाकद्वारा पानी तान्नु अत्यन्तै राम्रो हो। यसले टाउको सम्बन्धी सम्पूर्ण रोगहरु निको भएर जान्छन्।

जुन भागमा अत्यधिक दुखाइ हुन्छ त्यसको विपरित नातृबाट दुई(तीन थोपा गाईको सफा घ्यू राखिदिए पनि ठीक हुन्छ।

थकाइ – कडा मेहनतमा जब शरीरमा थकाइ आइरहेको छ भने दायाँ कोल्टो सुतिरहनु पर्छ, जसले गर्दा बायाँ स्वर चल्न थालोस्। यस प्रकार थकाइ अत्यन्तै चाँडो टाढा भागेर जान्छ।

जीर्ण ज्वरो– विहान तथा साँझकालको समयमा नीमको पत्ती सुँघ्नाले धातुगत तथा जीर्ण स्वर ठीक भएर जान्छ।

स्वर विज्ञानका अनुसार विभिन्न रोगका अलग–अलग जानकारी, निराकरण वा चिकित्सा जान्ने जरुरत छैन। हेर्नुपर्छ कि कुन स्वर चलेको समय धेरै पीडा हुन्छ त्यसैलाई बदलिदिनु पर्छ।

यसले बिरामीको अनुकूल शरीरको जुन स्थिति थियो त्यो बदलिएर जान्छ।

यदि तपाइँलाई अरुको उपचार गर्नु छ भने पहिले पत्ता लगाउनुहोस् कि रोगीको चन्द्र–स्वरमा समस्या छ वा सूर्य स्वरमारु बिरामीमा चिसोको अधिकता हुनु चन्द्र–स्वरको र गर्मीको अधिकता हुनुले सूर्य–स्वरको दोषलाई प्रकट गर्छ।

कुनै पनि समझदार व्यक्ति रोगका लक्षणहरुलाई देखेर सजिलैसंग जान्न सक्छ कि बिरामी चिसोको हो वा तातोको। दोस्रो परीक्षा यो हो कि रोगीलाई केहि बेर दुवै स्वरको अवस्थामा राखेर जाँच गर्नु पर्छ।

यसले जर्दा जसमा जति धेरै अशान्ति भएको हुन्छ त्यो स्वर पनि विकार हुन सूचित गर्छ। कैयौँ पटक रोगीको चित्त एकदमै बेचैन हुन्छ साथै ऊ कुनै निर्णय ठीकसंग गर्न सक्दैन यसैले सर्दीगर्मीका लक्षण तथा विरामीको अनुमानमा अन्तर पर्न सक्छ।

यस्तो अवस्थामा लक्षणलाई नै प्राथमिकता दिनु पर्छ साथै कुन स्वरमा पीडा बढेको हुन्छ, यसको निर्णय रोगीमाथि नछोडेर स्वयं चिकित्सकले नै परीक्षा गर्नु पर्छ।

जब अमुक स्वर खराब छ भन्ने कुरा निश्चित हुन्छ तब त्यसको निवारणको उपाय गर्नु पर्छ। प्राणायाम, श्वास(प्रश्वास क्रिया, आदि रोग निवारणको अत्यन्तै राम्रो उपचार हो।

स्वर–योगको यस अद्भूत क्रियालाई जनसमुदायले अब बिर्सिसके तर विदेशतिर अझै पनि यसको प्रचलन छ। डाक्टर मेस्मरको आफ्नो आविष्कृत “मेस्मरेजम” विद्यामा यो प्रयोग भइरहेको छ।

यस युगमा वैज्ञानिकहरुले यसको पूरा अनुसन्धान गरे साथै यसलाई पूर्णतया विज्ञान सम्मत बनाएका छन्।
श्वास-प्रश्वास क्रियाको पूर्ण विवेचना “अखण्ड(ज्योति” कार्यालय, मथुराबाट प्रकाशित “प्राण-चिकित्सा विज्ञान” नामक पुस्तकमा गरिएको छ। पूरै विज्ञानलाई बुझ्न चाहनेको लागि उपरोक्त पुस्तक पढ्नु पर्छ। यहाँ केहि साधारण तरिका सिकाइएको छ।

विरामीको जुन स्वरमा समस्या छ, आफ्नो पनि त्यही स्वर चलाउने। जब त्यो स्वर शुद्ध रीतिले चल्न थाल्छ तब काँच वा माटोको गिलासमा स्वच्छ पानी लिएर नाकबाट छ इन्च टाढा राखेर उसमा सात पटक स्वरको समन्वय हुन दिने।

गिलासलाई नाकको सिधा राख्नु पर्छ, ताकि श्वास वहाँसम्म पुग्न सकोस् र पानीमा प्रभाव पार्न सकोस्। छ इन्च टाढा यसकारण राख्नु पर्छ कि शरीरबाट श्वाससंगै निस्किएका खराबीहरु पानीसम्म पुग्न नपाउन्।

श्वासमा रहेको विष पदार्थ बाहिर आउँछ, त्यो भारी हुनाको कारण नाकबाट बाहिर निस्किने वित्तिकै हावालाई छोडेर केहि इंचमै यता उति लाग्छ लगभग छ इन्च अगाडि पुगेपछि त्यसको विकार टाढा भाग्छ। तात्पर्य यो हो कि श्वासको अन्तिम टुंगोमा पानीलाई राख्नु पर्छ।

जसको स्वर घटेको छ उसले पनि यति नै टाढा त्यस बेलामा लामो स्वर चलाउने प्रयास गर्नु पर्छ। पानीलाई त्यति टाढा पनि राख्नु हुँदैन जहाँ सम्म स्वरको प्रभाव पुग्नै नसकोस्।

सात श्वासको समन्वय गरेर यस पानीबाट आधा–आधा छटाक (मुट्ठी) पानी २–२ घण्टाको फरकमा रोगीलाई पिलाउनु पर्छ।

१२ घण्टासम्म पानीमा यो असर रहन्छ यस प्रकार रोगीलाई स्वरको सहायताले निको पार्न सकिन्छ।

यदि चिकित्सक रोगीको निकट नभएमा स्वर(शक्तिले केहि वस्तुलाई अभिमन्त्रित गर्न सक्छ, जसले धेरै दिनसम्म काम दिन्छ। भुवा भएको उनीको कपडालाई २१ पटक स्वर शक्तिले अभिमन्त्रित गरेर त्यसले बिरामीको पीडित अंगमा राखिदिनु पर्छ।

यो कपडाले दुई हप्तासम्म काम गर्न सक्छ। टाढा पठाउनु छ भने ब्लाटिंग पेपरमा मन्त्रित गर्न सकिन्छ। बच्चाको कन्दनी वा रक्षा सूत्रमा मन्त्रित गर्न सकिन्छ। वैद्यहरु आफ्नो दवाइलाई यसै तरिकाले मन्त्रित गरिदिन्छन् त्यसैले उनीहरुको औषधि लाभदायक हुन्छ।

(लेखक योग विज्ञान विषयमा विद्यावारिधि गर्दै छन् ।)

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्