नवजोत सिंह सिद्धुलाई झट्का, राजीनामा स्वीकृत

एजेन्सी– पञ्जाबका कांग्रेस नेता एवं भारतीय पूर्व क्रिकेटर नवजोत सिंह सिद्धुलाई झट्का लागेको छ।

सिद्धुले मन्त्री पदबाट दिएको राजिनामा पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले स्वीकृत गरिदिएका छन्। मुख्यमन्त्री सिंहले सिद्धुको राजिनामा राज्यपाल वीपी सिंह बदनौरलाई पठाएका थिए। राज्यपालले पनि उनको राजिनामा स्वीकृत गरेका छन्।

राजीनामा दिइसकेपछि सिद्धु अहिलेसम्म मौन छन्। राजीनामा स्वीकृतिपछि सिद्धुको आगामी कदम के हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

कांग्रेस महासचिव प्रियंका गान्धीले समेत सिद्धुले मन्त्री पदबाट राजिनामा दिएपछि मुख्यमन्त्री सिंहसँग कुरा गरेकी थिइन्। साथै पिंयकाको हस्तक्षेपका कारण मुख्यमन्त्री सिंहले सिद्धुको राजिनामा स्वीकृत गर्न ढिलाई गरेको बताइएको छ।

कांग्रेसले सिद्धुलाई गुमाउन नचाहेको हुँदा उनलाई अरु कुनै जिम्मेवारी दिन सक्ने बताइएको छ।

क्याप्टेन अमरिन्दर सिंहले शनिबार सिद्धुको राजीनामा स्वीकृत गरेका थिए। मुख्यमन्त्री यस मामिलामा लचिलो बन्न तयार भएपनि सिद्धुको अडानका कारण समस्या समाधान नभएको बताइएको छ।

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्