रोकिराखेको टिपरको पछाडि स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

फाइल तस्बिर
काठमाडौँ– काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा ९२ प ६५६५ नम्बरको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शनिबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ।