छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

साङ्केतिक तस्बिर

सर्लाही– छुट्टाछुट्टै दुर्घटनामा परी शनिबार दुई जनाको मृत्यु भएको छ।

हरिवन नगरपालिका–१० मा करेन्ट लागेर ३५ वर्षीय काजीमान बुढाथोकीको मृत्यु भएको छ। स्थानीयवासी गणेश भट्टराईको लेथ मेसिनमा काम गर्ने क्रममा बुढाथोकीलाई करेन्ट लागेको हो।

उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

यस्तै मलङ्गवा–४ मा ट्र्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ। मलङ्गवा–३ का आठ वर्षीय मनिष यादवको मृत्यु भएको हो। ज २ त ८५२ नम्बरको ट्र्याक्टरमा गणेशियातर्फ जाँदै गरेका लडेर घाइते भएका थिए।

उनको उपचारका लागि सर्लाही अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

साउन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्