लुकाकुका लागि इन्टर मिलानबाट आएको प्रस्ताव म्यानचेस्टर युनाइटेडद्वारा अस्वीकार

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रामेलु लुकाकुमा इटालियन क्लब इन्टर मिलानले चासो देखाएको छ । युनाइटेडमा उनको भविष्य अनिश्चित भइरहेका बेला इन्टर मिलानले लुकाकुका लागि युनाइटेडलाई ६० मिलियन युरोको प्रस्ताव गरेको छ ।

युनाइटेडले सो प्रस्ताव अस्वीकार गरेको छ । लुकाकुका लागि इन्टरले निकै कम रकम प्रस्ताव गरेको भन्दै युनाइटेडले अस्वीकार गरेको हो । २६ वर्षका बेल्जियन खेलाडी लुकाकु दुई वर्षअघि एभर्टनबाट ७५ मिलियन पाउण्डमा युनाइटेड आएका थिए ।

इन्टर मिलानले अहिले पनि लुकाकुलाई आफ्ना इच्छित खेलाडीको सूचिमा पहिलो नम्बरमा राखेको छ । शनिबार सिंगापुरमा भएको खेलमा लुकाकु मैदान बाहिर थिए ।

सो खेलमा युनाइटेडले इन्टरलाई १–० ले पराजित गरेको थियो । युनाइटेडमा मेसन ग्रीनवुडले लुकाकुको स्थान लिने सम्भावना बलियो बनेको छ ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्