नौ अर्ब घोटालाबारे छनबिन गर्न लेखाले बनाउने उपसमिति

फाइल तस्विर

काठमाडौँ – संसदको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणमा भएको भनिएको नौ अर्ब घोटालको बारे छानबिन गर्न पाँच सदस्य उपसमिति बनाएको छ ।

प्राधिकरणले लोडसेडिङका बेला उद्योगहरुलाई विशेष व्यवस्था गरेर दिएको विद्युत् (डेडिकेटड फिडर) को नौ अर्ब बक्यौत नउठाएपछि लेखाले उपसमिति गठन गरेर छानबिन अघि बढाएको हो ।

समितिले डेडिकेटड फिडरको बक्यौताबारे विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सोधपुछ गरेको थियो । गत जेठ ७ गतेको समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणमा चरम भ्रष्टचार भएको भन्दै संसदहरुले छानबिन गर्न माग गरेका थिए ।

बैठकमा सांसदहरु लेखराज भट्ट, राजन केसी, अमनलाल मोदीले भ्रष्टाचारमा प्राधीकरणका कार्यकारी निर्देशक घिसिङ मुछिएको दाबी गर्दै लेखा समितिले उपसमिति बनाएर अथवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन हुनुपर्ने माग गरेका थिए ।

आइतबार बसेको समिति बैठकले कांग्रेस सांसद डा. मिनेन्द्र रिजालको संयोजकत्वमा प्रदीप यादव, पार्वती कुमारी विशंंखे, सूर्यप्रसाद पाठक र तेजुलाल चौधरी छन् ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्