ललितपुरको चापागाउँमा खुल्याे प्रभु बैंकको नयाँ शाखा

काठमाडौँ– प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा आइतबारबाट ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० चापागाउँमा आफ्नो १८८ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकको चापागाउँ शाखा कार्यालयको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले गरे।

नयाँ शाखाको उद्घाटन गर्दै नगर प्रमुख महर्जनले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रसंशनीय कार्य गरेको बताए।

बैंकको चापागाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म,  कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित बैंकले जनाएकाे छ।

स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै समग्र आर्थिक उन्नतीमा चापागाउँ शाखाकार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्