कांग्रेस केन्द्रीय समितिको बैठक दुई दिन सर्‍यो

फाइल तस्विर

काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सरेको छ ।

असार २९ गते नियमावली पारित गरेर पर्सी मंगलबारका लागि बोलाइएको बैठक दुई साउन ९ गतेसम्मलाई सारिएको हो । बैठकको समसायिकलगायत १४ एजेण्डा तय गरिएको छ ।

९ गते बस्ने बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका, भातृ संगठनहरुको अधिवेशन, एकीकृत भएका स्थानीय तहमा अधिवेशनलगायतका विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्