कपनमा खुल्याे सेञ्चुरी कमर्सियल बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं. ११ को वडा कार्यालयमा एक्स्टेन्सन काउन्टर सुचारु गरेको छ।

आइतबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले सो काउण्टरको उद्घाटन गरेका हुन्।

बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोवास गर्ने ग्राहकमा आफ्नो सेवा पुर्‍याउने उद्देश्य राखेको छ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिति थियो।

उद्घाटन पश्चात काठमाडौं उपत्यकामा बैंकका १३ शाखा र ७ वटा एक्स्टेन्सन काउन्टर पुगेका छन्।

बैंकले उपत्यका बाहिर १०० शाखा र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्