नेपाली म्यानपावरलाई भारतीय एजेन्टले जिल्याए, माल्टा पठाई दिने भन्दै नक्कली भिसा

काठमाडौं : वैदेशिक रोजगारसम्बन्धि ठगिबारे हरेक दिनजसो प्रहरी कार्यलयमा उजुरी पर्छन् म्यानपावर वा एजेन्ट वा दुवैविरुद्ध। तर अहिले राजधानीको एउटा म्यानपावर ठगिएको भन्दै प्रहरी कार्यालय पुगेको छ।

एजेन्टले ठगेको भन्दै सिनामंगलको भीभी इन्टरनेशनल प्रालीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेको हो। म्यानपावरको उजुरीका आधारमा महाशाखाले भारतको उत्तर प्रदेश घर भएका २३ वर्षीय राहुल पान्डेलाई पक्राउ गरेको छ। युरोपियन मुलुक माल्टामा पठाइ दिन्छु भन्दै पान्डेले आफुसँग पैसा उठाएर ठगेको भीभी इन्टरनेशनल प्रालीको आरोप छ।

पान्डेले माल्टाको नक्कली भिसा समेत बनाएर विश्वासमा पारेको उक्त म्यानपावरको आरोप छ। पान्डेले ६५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्