सरकार पञ्चायतकालीन कार्यशैलीमा अघि बढ्याे: द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल

काठमाडौँ– द्वन्दपीडित राष्ट्रिय सञ्जालले वर्तमान सरकार प्रेस स्वतन्त्रता विरोधी भएको आराेप लगाएको छ।

सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकार नागरिक अधिकार हनन् गरी जनताको मुख थुन्ने पञ्चायतकालीन कार्यशैलीमा अघि बढेको बताएको हो।

साथै सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको पुनर्गठनका लागि सरकारले बनाएको सिफारिस समिति खारेज गर्न पनि माग गरेको छ।

‘अघिल्लो चार वर्षे कार्यकाल उपलब्धी विना गुजारेका दुवै आयोगहरुमा पुर्नगठनका लागि सरकारले चैत मसान्तमा एक सिफारिस समिति अठन गरेको थियो। लगभग वेपत्ता जस्तै भएको उक्त सिफरिस समितिले गोप्य रुपमा पीडकहरुको छत्रछाँयामा सरकारी सम्पत्ति, स्राेत साधनको दुरुपयोग गर्दै पीडितहरुलाई वेवास्ता गरि राजनीतिकको लाचार छाँयामात्रै हुने पुगेको यस घडीमा द्वन्द पीडित राष्ट्रिय सञ्जला वर्तमान निकम्मा सिफारिस समिति खारेजीको माग गर्दछ’– विज्ञप्तिमा भनिएको छ।

साथै सञ्जालले सिफरिस समितिका सदस्यहरुले दुरुपयोग गरेको राष्ट्रिय सम्पत्ति सरकारी विगो सरह असुल उपर गर्न पनि माग गरेको छ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्