रोपाईँ सकेर हात खुट्टा धुने क्रममा डुबेर तीन महिलाको मृत्यु

सांकेतिक तस्बिर

दाङ– दाङको घोराही उपमहानगरको कुइनेमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जना महिलाको मृत्यु भएको छ।

रोपाईँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका उनीहरुको आइतबार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

डुबेर मृत्यु हुनेमा अमृता बिक, झरना बिक र वसन्ता बिक रहेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ।

खाल्टोमा शुरुमा एक जना महिलाको हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन खाेज्दा अन्य दुई महिलाको समेत ज्यान गएको थियो।

मृतकको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्