किसानलाई मल उपलब्ध गराउन माग गर्दै दाङ कांग्रेसको ध्यानकर्षण

दाङ– नेपाली कांग्रेस दाङले रासायनिक मलको अभाव भएको भन्दै आइतबार जिल्लाका दशवटै पालिकामा ज्ञापन पत्र बुझाएको छ।

खेतीको समयमा रासायनिक मलको अभाव भएको र त्यसको व्यवस्थापन गर्न स्थानीय सरकार असफल भएको भन्दै कांग्रेसले ध्यानकर्षण गराउँन ज्ञापनपत्र बुझाएको हो।

रासायनिक मल उपलब्धतामा सहजता ल्याउनुपर्ने मागसहित स्थानिय सरकारले सेवा सुविधा वितरणमा भेदभाव गरेको, जनताको आवश्यकता अनुसारका योजनाहरु सञ्चालन नगरेको भन्दै कांग्रेसले विरोध गरेको छ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेको नेतृत्वमा पुगेको टोलीले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई ज्ञापन पत्र बुझाएको छ।

यस्तै कांग्रेसले दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, बबई गाउँपालिका, शान्तीनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकामा ध्यानकर्षण पत्र बुझाएको पाण्डेले जानकारी दिए।

साउन ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू