फोटो फिचर

तातो हावा र गर्मी प्रभावित क्षेत्रका अमेरिकीले यसरी छल्दै छन् गर्मी

अमेरिकाका विभिन्न क्षेत्रमा अहिले गर्मी उच्च भएको छ । धेरै क्षेत्रमा तातो हावा चल्दा जनजीवन प्रभावित छ । केही क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

विशेषगरी अमेरिकाको पूर्व तटीय क्षेत्रका शहरमा तातो हावा र गर्मीको प्रभाव बढी परेको छ । न्युयोर्क, फेलाडेलफिया, वासिङ्गटनसहितका क्षेत्रमा तापक्रम उच्च पुगेको छ । फोनिक्स, एरिजाना, मायामीसहितका क्षेत्रमा गर्मी बढेको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई प्रसस्त मात्रामा पानी पिउन भनिएको छ । यस्तै सम्भव भएसम्म घर भित्रै बस्न तथा बालबालिका, बुढापाका तथा रोगी व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरिएको छ ।

गर्मी छल्नका लागि स्थानीय बासिन्दाले सम्भव भएसम्मका प्रयास गरेका छन् । सार्वजनिक पौडी स्थलहरु व्यस्त छन् । गर्मी छल्न स्थानीयले गरेका केही प्रयासहरु तस्बिरमा समेटिएका छन् ।

तस्बिरहरु : रोयटर्स, एएफपी र गेट्टी इमेज

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्