चलचित्रपछि वेब सिरिज तर्फ अनुष्का शर्मा

बलिउड अभिनेत्री अनुष्का शर्मा पछिल्लो केहीदेखि महिना पर्दा भन्दा टाढा छिन्। सन् २०१८ मा एल रायको चलचित्र ‘जिरो’ पछि कुनै पनि चलचित्र साइन गरेकी छैनन्।

यो समयमा उनले चलचित्रमा ब्रेक लिएर श्रीमान् विराट कोहलीसँग समय बिताइन्। तर अब अनुष्का शर्माले छिट्टै नै पर्दामा देखिने भएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अनुष्का शर्माले २० जुलाईमा यसको घोषणा गरेकी थिइन्।

 

View this post on Instagram

 

No filters needed #NewZealand 🥰

A post shared by AnushkaSharma1588 (@anushkasharma) on


शर्माले आफ्नो आफ्नै प्रडक्शन हाउस क्लीन स्लेट फिल्मको व्यानरमा वेब सिरिज लिएर आउँदैछिन्। वेब सिरिजले एक मध्यम उमेरकी महिलाको जीवनमा आधारित छ, जसले गल्तिले कुख्यात माफिया लिडरलाई मारिदिन्छिन्।

जसो तसो समय बित्छ, उनी अन्डरवर्डको अपराधिक र राजनीतिक संसारमा फस्दै जान्छिन्। यो सिरिज नेटफिल्क्समा प्रदर्शन हुनेछ। सिरिजलाई अतुल मोंगिया, तमाल सेन र अमित व्यासले लेखेका हुन्।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्