यात्रु बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १२ घाइते

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा सोमबार बिहान यात्रु बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १२ घाइते भएका छन् ।

चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरित दिशाबाट आएको गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्