छोराले गरे आफ्नै बुवाको हत्या

सांकेतिक तस्बिर

धनगढी – कैलालीमा धारीलो हतियार प्रयोग गरि छोराले आफ्नै बुवाको हत्या गरेका छन् । घोडाघोडी नगरपालिका–११ सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका हुन् ।

५५ वर्षकी छोरा उदे रावतले आइतबार राति धारिलो हतियार हसिया प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको घोडाघोडी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दान सिंह जोगीले जानकारी दिए । घटनामा परी मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छन् ।

उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए । जोशीका अनुसार घरायसी विवादका कारण छोराले आफ्नै बुवा माथि धारिलो हतियार प्रहार गरेका हुन् ।

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्