कन्चटमा गोली लागेको अवस्थामा युवकको शव फेला

सांकेतिक तस्बिर

वीरगञ्ज – बारामा एक व्यक्तिको कञ्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला परेको छ । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ बगही स्थित नहर छेउमा कन्चटमा गोली प्रहार गरी हत्या गरेर फालिएको अवस्था युवकको शव फेला परेको हो ।

अन्दाजी २२–२३ वर्षको मधेसी मुलका युवाको शव घोप्टो परी नहरको पानीमा टाउको डुबेको अवस्थामा फेला परेको हो ।

उनको पहिचान खुल्न नसकको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । कन्चटमा गहिरो घाउ देखिएकाले उनको गोली हानी हत्या गरिएको हुनसक्ने भए पनि यकिन कारण भने खुल्न नसकेको राठौरले बताए ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्